माछापुच्छ्रे बैंकमा जागिरको अवसर, विभिन्न पदका लागि आवेदन खुला

nepaltext.com

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ कर्मचारी माग गरेको छ। बैंकले बिजनेस इन्टेलिजेन्स अफिसरका पदका लागि जूनियर अफिसरदेखि सिनियर अफिसरसम्मका योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।

बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक र योग्य उम्मेदवारहरूले मंसिर ३ गतेभित्र आवेदन दिन सक्नेछन्।
उक्त पदका लागि बैंकले अनुभव, दक्षता र विश्लेषण क्षमतायुक्त उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ।

माछापुच्छ्रे बैंक देशभरका शाखा सञ्जालमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको एक अग्रणी ‘ए–क्लास’ वाणिज्य बैंक हो।

प्रतिक्रिया