नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पछिल्लो जेन्जी आन्दोलन लगाएत आफ्नो स्वास्थ्यको कारण देखाउदै उपसभापति पुर्ण बहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए । कार्यबाहकको जिम्मेवारी पाउना साथ पुर्णबहादुर खड्का भने एकाएक निरंकुस देखिन थालेका छन् ।
कांग्रेसका महामन्त्री द्धय गगन कुमार थापा र विश्वप्रकास शर्माले तयार गरेको विशेष महाधिबेशनको प्रस्ताव दर्ता गर्न आनाकानी गर्दै कार्यबाहक सभापति खड्काले निरंकुसताको संकेत देखाएका हुन् । उनले विशेष महाधिबेशनका लागि देशभरबाट संकलन भएको हस्ताक्षर बुझ्न अलमल गर्दै सात भाई जो कांग्रेस पार्टीलाई अध्यारो तिर धकेल्ने नेताहरुसँग छलफलमा सहभागी भएका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका एक केन्द्रिय सदस्यले नेपाल टेक्स्ट सँग कुरा गदैं भने " कार्यबाहक सभापति त झनै निरंकुस देखिन थाल्नुभयो , यो भनेको झण्डै ५५ प्रतिशत महाधिबेसन प्रतिनिधि र लाखौं कांग्रेस कार्यकर्ता र मतदाताहरु माथीको अबहेलना हो । "
नेपाली कांग्रेसका ४७४३ महाधिबेशन प्रतिनिधिमध्ये हालसम्म मृत्यु भएका र पार्टी छोडेका गरी १८७ महाधिबेशन प्रतिनिधि घटाउँदा हुन आउने जम्मा संख्या ४५५६ जना हो । तिमध्ये २४८७ जना प्रतिनिधिले हस्ताक्षर गरि विशेष महाधिबेशनको माग गरेका छन् । प्रतिशतमा उल्लेख गर्दा यो संख्या ५४.५८ प्रतिशत हो । बहुमत महाधिबेशन प्रतिनिधिको मतलाई बेवास्ता गर्नु भनेको पार्टीसँगै आफु पनि सति जानु सरह भएको कांग्रेस नेता विश्वराज काफ्लेले बताएका छन् ।