नेपाली बजारमा सुन प्रतितोला २,५९,७०० रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा ७०० रूपैयाँ बढेको हो। मंगलबार सुन प्रतितोला २,५९,००० रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर नयाँ उच्च विन्दुमा पुगेको छ। बुधबार चाँदी प्रतितोला ४,०५५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्य ३,८८५ रूपैयाँको तुलनामा १७० रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,३३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२ पुस २०८२, बुधबार १२:२२ मा प्रकाशित