फागुन २१ को चुनाव दृष्टिगत, प्रधानमन्त्री कार्की आज नागरिक अगुवासँग छलफल गर्दै

nepaltext.com

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग विशेष अन्तरक्रिया गर्न लागेकी छन्। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटवार्तामा आगामी प्रतिनिधिसभा निर्वाचनका एजेन्डा, तयारी र राजनीतिक वातावरणबारे प्रधानमन्त्रीले नागरिक समाजका धारणा सुन्नेछिन्।

यसअघि उनले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख तथा जनेजी आन्दोलनका अगुवासमेतसँग निरन्तर परामर्श गरेर राजनीतिक पक्षहरूका मत र चासो बुझिसकेकी छन्। तर केही राजनीतिक दल अझै पनि चुनावमा जान अनिश्चित देखिएको प्रसंगमा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल आवश्यक परेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताएका छन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आयोगले आवश्यक तयारीसँगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ, जसअनुसार चुनावी प्रक्रियालाई सहज र पारदर्शी बनाउन राज्यका निकायहरू तीव्र रूपमा काममा जुटेका छन्।

प्रतिक्रिया