काठमाडौं — नयाँ उर्जामन्त्रीका रूपमा कार्यभार सम्हालेपछि कुलमान घिसिङले आफ्नो पहिलो निर्णयमार्फत डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। पदभार ग्रहण गरेकै दिन उनले यो निर्णय लिएका हुन्, जसलाई अब प्राधिकरणले कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
पूर्व कार्यकारी निर्देशकको रूपमा कार्यकालमा घिसिङले बक्यौता असुल्न पहल गरेका थिए, तर त्यतिबेला राजनीतिक हस्तक्षेपका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। पुनः सरकारमा फर्किएपछि उनले यही विषयलाई प्राथमिकतामा राख्दै कडा कदम चालेका हुन्।
बक्यौता असुलीले विद्युत् प्राधिकरणको आर्थिक अवस्था सुदृढ बनाउने विश्वास गरिएको छ।
३० भदौ २०८२, सोमबार ०३:२४ मा प्रकाशित