खानीखोला हाइड्रोपावरको हकप्रद शेयरको आवेदन म्याद असोज ५ सम्म थप

nepaltext.com

काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद अन्तिमपटक असोज ५ गतेसम्म लम्ब्याएको छ।

कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो।

यसअघि आवेदन दिने समयसीमा भदौ २३ गते तोकिए पनि मागअनुसार आवेदन नपरेपछि पहिलोपटक भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो। हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै फेरि पाँच दिन थपिएको कम्पनीले जनाएको छ।

यस हकप्रदका लागि असार २७ गते बुक क्लोज भएकोले असार २६ गतेसम्म कायम रहेका शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन्। आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, कुमारी बैंकका तोकिएका शाखा तथा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

प्रतिक्रिया