कांग्रेस केन्द्रीय समितिभन्दा अघि पदाधिकारी बैठक बस्दै

श्याम खतिवडा

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ। सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको यो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय समितिमा पेश गर्न लागिएको महाधिवेशन कार्यतालिकासम्बन्धी एजेण्डामा विस्तृत छलफल हुने बताइएको छ। पदाधिकारी बैठकमा कार्यतालिकामा सहमति जुटेपछि मात्रै त्यसलाई केन्द्रीय समिति बैठकमा प्रस्तुति गरिने जनाएको छ।

प्रतिक्रिया