सिमरामा तनाब चर्किदैँ: प्रहरीद्धारा ४ सेल अश्रु ग्यास प्रहार, २ राउन्ड हवाई फायर

nepaltext.com

४ मंसिर, काठमाडौं । बाराको सिमरामा अचानक चर्किएको तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार र दुई राउन्ड हवाई फायर गर्नुपरेको छ। कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सडकमा निस्किएपछि अवस्था झन् जटिल बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भएको हो।

बाराका एसपी सन्तोष तामाङका अनुसार भीड तितरबितर गर्न चार राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो भने परिस्थितिलाई थप नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायरसमेत गरिएको छ। प्रदर्शन नियन्त्रणको क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार गरी चार सुरक्षाकर्मी घाइते भएको जानकारी आएको छ।

बुधबार जेनजी युवामाथि भएको आक्रमणका दोषीलाई पक्राउ गर्नुपर्ने मागसहित प्रदर्शन चर्किँदै आएको थियो। प्रहरीले दबाब बढ्दै गएपछि दुई वडाध्यक्षलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया