काठमाडौं । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आइतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रक्रियामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिने व्यवस्था छ।
यस क्रममा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ।
हाल कुल निक्षेप ७२ खर्ब नाघिसकेको अवस्थामा राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै तरलता व्यवस्थापनलाई निरन्तरता दिँदै आएको छ।
५ असोज २०८२, आईतबार १२:०६ मा प्रकाशित