काठमाडौं । नेपाल सरकारले ठूलो कदम चालेको छ—अब फेसबुक, ट्विटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल नेपालमै ‘ब्लक’ हुने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै बिहीबारदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरी यी सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाएको हो।
तर चिन्ता नगरौँ! यी सामाजिक सञ्जालहरूले नेपालमा आधिकारिक रूपमा दर्ता गर्ने प्रक्रिया पूरा गरेपछि क्रमशः पुनः खोलिने मन्त्रालयले जनाएको छ।
सर्वोच्च अदालतले बुधबार मात्र सरकारलाई अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी एप्सलाई नियमन गर्न र आवश्यक कानुन बनाउन परमादेश जारी गरेको थियो। त्यसअनुसार नै सरकारको यो कदम आएको हो।
अब नेपालभित्र चल्न चाहने कुनै पनि विदेशी डिजिटल प्लेटफर्मले अनिवार्य रूपमा नेपाल सरकारबाट अनुमतिपत्र लिनुपर्नेछ।