प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयद्धारा ५ अर्ब बजेट स्वीकृत

श्याम खतिवडा

२८ कात्तिक, काठमाडौं । सरकारले आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे सात अर्ब माग गरेको भए पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

भट्टराईले भने, "निर्वाचनका लागि आवश्यक स्रोत सुनिश्चितता भएको छ।" उनले थपे, "यदि भविष्यमा थप बजेट आवश्यक परेमा सरकारले सहजीकरण गर्नेछ, तर अहिलेलाई ५ अर्ब स्वीकृत भएको छ।"

प्रतिक्रिया