४ खर्ब ३० अर्ब बराबरको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

nepaltext.com

काठमाडौँ । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ। नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर, जुन अहिलेको विनिमय दरअनुसार २ अर्ब ३९ करोड रुपैयाँ हुन्छ, लागतमा नोट छपाइको जिम्मा चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई दिने निर्णय गरेको हो। यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दरअनुसार ५ रुपैयाँ ५६ पैसा पर्ने देखिएको छ। कुल १ हजार दरका ४३ करोड थान नोट छापिनेछ।

यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। तोकिएको समयभित्र बोलपत्र पेस गरेका सारभूत रूपमा प्रभावग्राही प्रस्तावदातामध्येबाट सो कम्पनी छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

प्रतिक्रिया