विराटनगर । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । घटना तब भएको हो जब रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी सुरु गरे । स्रोतका अनुसार नाराबाजीपछि कार्यकर्ताबीच झडप भएको थियो । अहिलेसम्म त्यहाँको अवस्था तनावपूर्ण नै रहेको छ । यसैबीच, झापा–५ बाट उम्मेदवारी दर्ता गर्न रास्वपा नेता बालेन साहसहितको टोलि निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो, र त्यही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए, जसले परिस्थितिलाई अझ संवेदनशील बनाएको छ ।
७ माघ २०८२, मङ्गलबार ०१:२६ मा प्रकाशित