काठमाडौं। नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन महत्वपूर्ण विधामा अवार्ड जितेको छ। बैंकले यस वर्ष Excellence in Consumer Debit Cards Business Principal Client, Excellence in Contactless – Issuing, र Excellence in E–Commerce Acquiring Business Principal Client विधामा अवार्ड प्राप्त गरेको हो।
काठमाडौँस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरिएको थियो। नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले अवार्डले थप ऊर्जा दिएको बताए। उनले उपलब्धिको श्रेय बैंकका कार्डधारक ग्राहक, व्यवसायी र कर्मचारीलाई दिने बताएका छन्।
भिसा इन्टरनेशनल नेपालमा वार्षिक रूपमा Visa Leadership Conclave आयोजना गर्दै आएको छ, जसमा नेपालका बैंक, वित्तीय संस्था, फिनटेक, इ–कमर्स र व्यापार व्यवसायमा भिसा कार्डको प्रयोगलाई सम्मान गरिन्छ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो, जसले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुरु गर्ने र देशको बैंकिङ विकासमा कोसेढुङ्गाको रूपमा काम गरेको छ।