काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेको छ। यसअघि मंगलबार परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा रहेको थियो। आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंक, फ्लोट इन्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ।
आज बजारमा कुल ३२२ स्टकको ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख कित्ता सेयर किनबेच भएको छ, जुन ९१ हजार ७ सय ५ पटकको कारोबारमा सम्पन्न भयो। यसअघि मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको कारोबारमा चार कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। झापा इनर्जी लिमिटेड, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त र श्रिनगर एग्रिटेक इन्डस्ट्रिको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, रिभरफल्स पावर र महिला लघुवित्तका सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।
यसैबीच, बजारमा सबैभन्दा धेरै गिरावट बोटर्लस नेपालको सेयरमा देखिएको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता ३.९४ प्रतिशतले घटेर १६ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। उन्नती सहकार्य लघुवित्तको सेयर पनि ३.८१ प्रतिशतले घटेर १७४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आजको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको छ। त्यसैगरी सिभम सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केवलकार र हिमालयन रिइन्स्योरेन्सको सेयर पनि धेरै कारोबार भएका छन्।