भारतको गण्डक नदीमा तैरिदैँ गरेकाे देखियाे रसुवा बाढीले बगाएका शवहरू

श्याम खतिवडा

रसुवा । रसुवामा पाँच दिनअघि आएको विनाशकारी बाढीको पीडा नेपालको सिमाना पार गरेर भारतसम्म पुगेको छ। भीषण बाढीले बगाएर बेपत्ता बनाएका मानिसहरूमध्ये केहीको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको छ। यस बाढीले ठुलो परिमाणमा जनधनको क्षति पुर्‍याउनुका साथै धेरै मानिसहरूलाई बेपत्ता बनाएको छ। बाढीले बगाएका शवहरू नदीको तीव्र बहावसँगै बग्दै भारततर्फ पुग्न थालेपछि यस विपद्ले थप पीडादायी रूप लिएको छ। प्रकृतिको यो निर्मम प्रहारले कैयौँ परिवारको खुसी उजाडिएको छ भने आफ्ना हराएका आफन्तको खोजीमा भौंतारिरहेका परिवारहरू अझै पनि आशा र गहिरो पीडाको बीचमा बाँचिरहेका छन्। त्यसैले बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई अझै तीव्र बनाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ।

प्रतिक्रिया