काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १४२ रन बनाएको थियो। चितवनले काठमाडौंलाई १९.४ ओभरमै अलआउट गरेको थियो, अन्तिम विकेट कमलसिंह ऐरीले लिए।
चार खेल खेलेको काठमाडौं र तीन खेल खेलेको चितवन दुवैको चार अंक छ। अंक तालिकामा चितवन तेस्रो र काठमाडौं चौथो स्थानमा छ। चितवनको नेतृत्व कुशल मल्लले गरे भने काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्।
१३ मङ्सिर २०८२, शुक्रबार ०२:१२ मा प्रकाशित