रौतहटमा ‘स्वाइन फिभर’ लागेर बंगुर मर्न थाले

चन्द्रपुर (रौतहट) । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बंगुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बंगुर मरेका पशु चिकित्सक डा.सुलभ चौधरीले बताएका छन् ।

एक साताको अन्तरालमा १४ वटा बंगुर मरेका किसान गुरोले दुखेसो गरे । बंगुरको उपचारका लागि पशु चिकित्सकहरूलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बंगुर मरेको उनले बताए ।

डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बंगुर पनि सोही रोगले मरेको छ । रोग विशेष गरी रोगी बंगुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उनले बताए ।

रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताए। चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बंगुर पालेका छन् ।

प्रतिक्रिया