काठमाडौं । नेकपा एमाले दोलखा जिल्लाका पूर्व सचिव र शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलाल प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका दुलाललाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए।
दुलालको पार्टी प्रवेश कार्यक्रममा नेकपा नेता विशाल खड्का, रेनु दाहाल, पूर्व नेकपा एस नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायत उपस्थित थिए। एमाले जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि दुलाल लामो समयदेखि निष्क्रियजस्तै रहेका थिए, तर अब उनी पुनः सक्रिय रूपमा नेकपामा लागेको देखिएको छ।
१० मङ्सिर २०८२, मङ्गलबार ११:५९ मा प्रकाशित