काठमाडौं । मेडिकल व्यवसायी दुर्गा
प्रसाईँले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय
खेरा फालिरहेको टिप्प्णी गरेका छन् ।
बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको
वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरु अहिले
मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए ।
उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ । पाँच
हजार जेनजीहरु अहिले मन्त्री बन्न लाइनमा छन् । जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै
अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ । बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको
छ ।’
त्यस्तै उनले बालेन साहले अहिले दुर्गा
प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिडेको भन्दै एकदिन जोगाइदिनुपर्यो भनेर बालेन
आफ्नो शरणमा आउने दाबी गरे ।
‘बालेन साहले अहिले दुर्गा
प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ । यो बालेनको
मात्र देश हो ? हाम्रो होईन् ? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा
फिजाउँदै हिडेका छन् । बालेनपनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर
।’
त्यस्तै, उनले आगामि मंसिर ७ गतेदेखि हुने व्यवस्था
परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिए ।