चुनाव घोषणा पछि निर्वाचन आयोगमा २८ नयाँ दल दर्ताको प्रक्रियामा, यसबीच ७ दल खारेज

nepaltext.com

काठमाडौं । अन्य २८ वटा राजनीतिक दल अहिले दल दर्ताको प्रक्रियामा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने कि, आयोगमा दर्ताका लागि पेश भएका यी दलहरूको सनाखत र कागजात जाँच्ने काम भइरहेको छ।

उनका अनुसार, “निर्वाचन घोषणा गर्दा १२२ वटा दल थिए। यसबीच ७ वटा दल खारेज भए र नयाँ थपिए। अहिलेसम्म दर्ता प्रक्रियामा रहेका २८ वटा दल पाइपलाइनमा छन् र आयोगले उनीहरूको कागजात र सनाखत प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र दिनेछ।”

भट्टराईले स्पष्ट पार्दै भने कि, आयोगले हालसम्म कुनै दललाई जेनजीका वा अन्य किसिमका छुट्ट्याएर वर्गीकरण गरेको छैन। आयोगले कानुन अनुसार कागजात माग्ने र सनाखत गर्ने काममा ध्यान केन्द्रित गरेको छ। सनाखत सम्पन्न भएपछि मात्र आयोगले दर्ता सम्बन्धी अन्तिम निर्णय गर्नेछ।

प्रतिक्रिया