काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य ओराले झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भयो, जुन सोमबारको २ लाख ४३ हजार ३०० रुपैयाँभन्दा कम हो। लगातार केही दिनयता उतार–चढाव भइरहेको सुनको भाउ आज फेरि तल झरेको देखिएको छ।
चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा पुगेको चाँदी मंगलबार झर्दै ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ। बजारमा सुन–चाँदी दुवैको मूल्य एकैदिनमा यस्तो कमी आउँदा लगानीकर्तामध्ये केहीले सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।
३ मङ्सिर २०८२, मङ्गलबार ११:२८ मा प्रकाशित