प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गर्दै एमाले

nepaltext.com

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो आयोगमा पुगेर दल दर्ता प्रक्रिया पूरा गरिनेछ। फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने व्यवस्था छ।

सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइरहेको एमालेले पनि अब आधिकारिक रूपमा दल दर्ता गर्न अघि बढेको हो।

प्रतिक्रिया