काठमाडौं, १ पुस ,, नेकपा एमालेकाे ११ औं महाधिवेशनमा डिल्लीराज बराइलीले लेखा आयाेग सदस्यमा उम्मेदवारी दिएका छन् । दाेलखाकाे गाैरीशंकर गाउँपालिका वडा नं २ जुँगूमा सामान्य परिवारमा जन्मेका बराइली राेजगारीका लागि ३० वर्ष अघि काठमाडौं छिरेका हुन् । भक्तपुरमा आधार क्षेत्र बनाएर घरजग्गा व्यवसायमा लागेका बराइली सानैदेेखि एमाले पार्टी राजनीतिमा लागेका हुन् । पार्टीको गाउँ कमिटीदेखि विभिन्न विभागीय संगठनकाे जिम्मेवारी हुँदै पार्टीको बागमती प्रदेश कमिटी सदस्य समेत भइसकेका छन् । बाढी पहिराे, आगजनी, भुकम्प पीडित, दुर्घटनामा परेका अथवा आर्थिक अभावमा उपचार गर्न नसकेकाहरूका लागि राहत वितरण लगायत उपचारमा सानैदेखि उनी सहयोगीकाे रूपमा काम गर्दै आएका छन् । आफ्नै मेहेनत र लगानीले सफल युवा व्यवसायीकाे रूपमा उदाएका हुन् । जेन्जी आन्दोलनपछि एमाले सहितका पार्टी र नेताहरू भुमिगत जस्तै भएको बेला अध्यक्ष केपी ओलीलाई गुण्डुमा बसाेबासकाे व्यवस्था मिलाउनेदेखि पछिल्लो समय ओलीका लागि कुटी बनाउने अभियानमा समेत बराइली अग्रपंक्तिमा रहेर खटिदै आएका छन् । एमाले लेखा आयाेगकाे २२ सदस्य मध्ये डिल्लीकाे साताैं नम्बरमा उम्मेदवारी छ । लेखा आयाेगमा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।