आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बास बस्ने

nepaltext.com

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्न सुरु गर्ने भएका छन्।

सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। त्यसअनुसार सिंहदरबारभित्र रहेको मन्त्रालय भवन जेनजी आन्दोलनमा आगजनी भएपछि हाल कार्यरत केशर महल परिसरमा उनको बसाइ मिलाइएको मन्त्रालयले जनाएको छ।

“कोठा मिलिसकेको छ। आज बेलुकादेखि मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुनेछ। सुत्ने र खाने सम्पूर्ण व्यवस्था गरिएको छ,” मन्त्रालयकी सहसचिव अनिता निरौलाले बताइन्।

उनका अनुसार, सेवामा कुनै असर नपर्ने गरी आवश्यक सुविधा सहित कोठा तयार गरिएको छ।

प्रतिक्रिया