२५ मंसिर, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ, जुन हिजोको २ लाख ५२ हजार १ सय रुपैयाँभन्दा १ हजारले बढी हो। यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ।
सुनभन्दा अझै तीव्र गतिमा चाँदीको मूल्य बढिरहेको छ। नयाँ रेकर्ड बनाउँदै आज चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च दर हो। अघिल्लो दिनको ३ हजार ७५० रुपैयाँको तुलनामा आज चाँदी ५५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
२६ मङ्सिर २०८२, बिहिबार १२:०६ मा प्रकाशित