लघुवित्तको धितो कर्जा सीमा दोब्बर, १५ लाख कायम

nepaltext.com

१५ मंसिर, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्त संस्थाले अब धितोमा १५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने व्यवस्था मिलाएको हो। यसअघि यो सीमा ७ लाख रुपैयाँमै सीमित थियो। त्यस्तै, लघुवित्तबाट ऋण लिएका ग्राहकहरू कर्जा भुक्तानीमा समस्यामा परिरहेका अवस्थामा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि बैंकले तय गरेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह कमजोर रहेको स्थितिमा राष्ट्र बैंकले लघुवित्ततर्फ कर्जाको सीमा फराकिलो बनाएको बताइएको छ।

प्रतिक्रिया