काठमाडौं । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे अदालतको अवहेलनासम्बन्धी मुद्दाबाट पूर्ण रूपमा मुक्त भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश शान्ति सिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार उनलाई सफाइ दिएको हो। यसअघि तत्कालीन प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नेतृत्वमा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनबाटै टिप्पणी उठाएर अवहेलना मुद्दा दर्ता गरिएको थियो।
२३ मङ्सिर २०८२, सोमबार ०३:१९ मा प्रकाशित