अदालतको फैसला पछि कांग्रेस सर्लाही सभापति पदबाट सिंहले दिए राजीनामा

nepaltext.com

सुरेन्द्रप्रसाद सिंहले नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सभापति पदबाट राजीनामा पत्र बुझाएका छन्।

सिंह तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा भएको आर्थिक अनियमितता मुद्दामा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो। अदालतले उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख बिगो तिर्न आदेश गरेको थियो।

सिंहले जारी गरेको राजीनामामा उल्लेख गरेका छन्, “आफुमाथि लगाइएको मुद्दा अदालतबाट सदर भएको अवस्थामा छ। अदालतको आदेश मान्नु मेरो कर्तव्य हो।”

पार्टीको जिम्मेवार पदबाट राजीनामा दिए पनि उनले नेपाली कांग्रेसप्रतिको आस्था र विचार कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

सिंह २०७८ साल फागुन २९ गते सर्लाही सभापति पदमा निर्वाचित भएका थिए र दुई पटक जिल्ला उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्। कार्यवाहक तोक्न भने बाँकी छ।

प्रतिक्रिया