काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ३८ हजार ६ सयबाट २ लाख ४१ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढ्दै ३ हजार ६५ रुपैयाँमा पुगेको छ ।
मूल्यवृद्धिसँगै सुनचाँदी बजार पुनः चहलपहल देखिएको छ ।
२५ कार्तिक २०८२, सोमबार १२:२० मा प्रकाशित