जेन्जीहरुको माग पुरा गर्न सुशीला कार्की नेतृत्वको सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छः विप्लव

nepaltext.com

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन्। हालै बसेको पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिप्लवले भने, “आन्दोलनको मर्म र उद्देश्य पूरा गर्ने खालको अवस्था बनेको छैन। संसद् भङ्ग भए पनि नयाँ अन्तरिम सरकार गठन हाम्रो माग अनुसार भएको छैन। यो सरकार रहस्यमय तरिकाले बनेको छ।”

उनले राजनीतिक दलहरू समेत यस सरकारको समर्थनमा तयार नभएको र मन्त्रीहरू जेनजी आन्दोलनको भावना विपरीत व्यवहार गरेको बताएका छन्। बिप्लवले वर्तमान सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया