काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ भवन निर्माण गर्ने घोषणा गरेका छन्।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडास्थित पार्टी कार्यालयमा आगजनी गरेपछि उनले देशभरका कार्यकर्ताको सहयोगमा भव्य नयाँ भवन निर्माण गरिने बताएका हुन्।
प्रचण्ड मंगलबार मध्यान्ह क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए।
३१ भदौ २०८२, मङ्गलबार १२:२६ मा प्रकाशित