रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ

nepaltext.com

रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरेको छ। कँडेल चितवनको कलेज कोच नेपाल प्रालि मार्फत शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका थिए।

प्रहरीका अनुसार कँडेलले भारत र नेपालका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाएर विद्यार्थीलाई विदेश पठाउने तयारी गर्दै आएका थिए। यसअघि पनि उनी पदमपुरको भिमोदय माविको प्रधानाध्यापक पदका लागि अयोग्य ठहर भइसकेका थिए।

रूपन्देही प्रहरीले यसअघि भारतका २५ वर्षीय अभिषेक यादवलाई पनि ठूलो मात्रामा नक्कली प्रमाणपत्रसहित पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानले यादवले कँडेलका लागि काम गर्दै आएको पुष्टि गरेको प्रहरीले जनाएको छ । 

एसपी प्रदीप क्षेत्रीका अनुसार दुवै पक्षविरुद्ध अनुसन्धान जारी छ।

प्रतिक्रिया