काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु हुने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर गरी पुनःस्थापना गर्न माग गर्दै दायर रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ।
संवैधानिक इजलासले सबै १६ वटा रिटलाई एकैसाथ अर्थात् एकमुष्ट रुपमा हेर्ने तयारी गरेको छ। प्रवक्ता कोइरालाका अनुसार इजलासको कार्यवाही सर्वोच्च अदालतको मूल भवन छेउमा रहेको ‘एनेक्स भवन’को माथिल्लो तलाको पुरानो कोठामा सञ्चालन हुनेछ।
१३ कार्तिक २०८२, बुधबार ११:०८ मा प्रकाशित