ललितपुर महानगरको कडा कदम: दुई संस्था भवनमा डोजर चलाइयो

nepaltext.com

काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवन भत्काएको छ।

महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार ती भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले हटाउनुपर्ने बाध्यता आएको हो। “यी भवनहरू हाम्रो डीपीआर गरिएको क्षेत्रमा पर्दछन्, त्यसैले हटाउनु अपरिहार्य भयो,” उनले भने।

यसअघि सोही क्षेत्रमा पर्ने वडा नं. ५ को वडा समितिको भवन र अन्य पसलहरू पनि भत्काइसकिएको महर्जनले जानकारी दिए। “हामीले विधिपूर्वक सम्पूर्ण संरचना हटाउँदै आएका छौं। यी दुई भवन पनि कानुनी प्रक्रिया पूरा गरेर हटाइएको हो,” उनको भनाइ छ।

महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरी सम्बन्धित संस्थालाई भवन खाली गर्न आग्रह गरेको थियो। उक्त अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर चलाएर संरचना हटाइएको हो।

प्रतिक्रिया