साताको पहिलो दिन सुन–चाँदी दुवैको मूल्य बढ्यो

nepaltext.com

काठमाडौं । साताको पहिलो कारोवार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ। आइतबार यसको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ५ सय ३५ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया