काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।
राप्रपाका अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका हुन् ।
रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।
७ असार २०८३, आईतबार ०१:४८ मा प्रकाशित