महालक्ष्मी विकास बैंक पुनः ISO 9001:2015 बाट प्रमाणित

nepaltext.com

काठमाडौं । देशकै अग्रणी विकास बैंक महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली ISO 9001:2015 बाट पुनः प्रमाणित भएको छ।

गुणस्तरीय सेवा प्रवाहमा निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको कार्यशैली कायम राख्न सफल भएको कारण बैंकले पुनः यो मान्यता प्राप्त गरेको हो। बैंकले सन् २०२४ अगस्ट १६ (वि.सं. २०८१ साउन ३२) देखि लागू हुने गरी उक्त प्रमाणपत्र प्राप्त गरेको थियो भने, २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिट मार्फत पुनः प्रमाणित हुन सफल भएको हो।

Provision of Development Banking Activities” शीर्षकअन्तर्गत प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक पहिलो पंक्तिमा रहेको छ। यस प्रमाणपत्रले बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली, ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने कार्यशैलीनिरन्तर सुधारको प्रतिबद्धता कायम राखेको पुष्टि गर्छ।

प्रमाणीकरण प्रक्रियाअन्तर्गत बैंकका नीति, नियम, प्रक्रिया, अभिलेखीकरण प्रणालीदेखि समग्र व्यवस्थापन संरचना सम्मको विस्तृत अडिट गरिएको थियो।

सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै, बैंकले विगत ३१ वर्षदेखि देशभरका जनतासमक्ष गुणस्तरीय वित्तीय सेवा पुर्‍याउँदै आएको छ। हाल बैंकसँग करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्, जसले बैंकप्रतिको जनविश्वास र सहकार्यलाई झल्काउँछ।

प्रतिक्रिया