काठमाडौँ । नयाँ मतदाता नामावली संकलन खुला भएको यता देशभरबाट राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५७५ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार यससँगै बायोमेट्रिक्स मार्फत दर्ता गराउने मतदाताको संख्या पनि ३ लाख २ हजार ६२ पुगेको छ।
आयोगले कात्तिक ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै दुवै प्रक्रियाबाट दर्ता भइसकेका नागरिकको यो संख्या उत्साहजनक रहेको जनाएको छ। आयोगका अनुसार नयाँ मतदाता नामावली दर्ता मंसिर ५ गतेसम्म खुला रहनेछ।
हाल राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फतै मतदाता नाम दर्ता गर्न सक्ने व्यवस्था सरकारबाट मिलाइएको आयोगले जनाएको छ, जसले दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाएको छ।
२ मङ्सिर २०८२, सोमबार ०१:०३ मा प्रकाशित