कांग्रेसको विशेष महाधिवेशनमा विवादः मोरङका चार प्रतिनिधि बोले - “हाम्रो हस्ताक्षर फिर्ता भएको होइन”

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको बहस चर्किंदै जाँदा मोरङका चारजना महाधिवेशन प्रतिनिधिले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् ।

मोरङका ती प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेपनि, जिल्लास्तरीय पदाधिकारीहरूले झुक्याएर भ्रम फैलाएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न लगाएर त्यसलाई नियमित महाधिवेशनको समर्थन भन्दै प्रचार गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर–२ की निरा कट्टेल र जानकी कुमारी केवरत, तथा क्षेत्र नम्बर–५ का जिरालाल मण्डल र बिमलादेवी राजवंशीले आफूहरू अझै पनि विशेष महाधिवेशनको पक्षमा अडिग रहेको बताएका छन् ।

केन्द्रीय सभापतिलाई पठाइएको पत्रमा उनीहरूले लेखेका छन्, “पार्टी पदाधिकारीप्रति विश्वास गरेर हस्ताक्षर गर्‍यौं, तर पछि झुक्याइएको थाहा भयो। हाम्रो हस्ताक्षर फिर्ता गरिएको भन्ने हल्ला गलत हो।”

प्रतिक्रिया