प्से ६.७४ अंकले बढेर २६०१ मा, कारोबार रकम घट्यो

nepaltext.com

२९ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंकले बढेर २६०१ अंकमा पुगेको छ। परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन करिब ४ अर्ब रुपैयाँको कारोबार भएको बजारमा आज ३ अर्ब ४४ करोड रुपैयाँमै सीमित भयो। आजको कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ, १० कम्पनीको मूल्य स्थिर रह्यो।

बजार बढ्नमा बैंकिङ समूहले मुख्य भूमिका खेलेको देखिन्छ। यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममै सीमित रह्यो। बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढे। विपरीत रूपमा होटल तथा पर्यटन ०.११, लगानी ०.०८, माइक्रोफाइनान्स ०.०८ र अन्य समूह ०.१७ प्रतिशतले घटेका छन्।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै स्वेतगंगा हाइड्रोपावर ८.७९ प्रतिशत, ओम मेगाश्री ४.०९ प्रतिशत र इङवा हाइड्रोपावर ३.९७ प्रतिशतले बढे। सबैभन्दा धेरै गिरावट हिमस्टार ऊर्जाको सेयरमा देखियो, जसको मूल्य ६.९५ प्रतिशतले घट्यो। कारोबारका आधारमा आज ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, एसबीआई बैंक, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहे।

प्रतिक्रिया