पोखरा । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्रोतका अनुसार एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने रणनीतिअन्तर्गत आफ्ना उम्मेदवारलाई मैदानबाट हटाएको हो । यससँगै मनाङको चुनावी समीकरणमा नयाँ ध्रुवीकरण देखिएको छ र कांग्रेस उम्मेदवारलाई बलियो समर्थन जुट्ने संकेत देखिएको छ ।
१० माघ २०८२, शुक्रबार १२:३६ मा प्रकाशित