काठमाडौं । विवादस्पद अभिव्यक्ति दिएका निकोलस भूसाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको छ।
प्रहरीका अनुसार, उनलाई अहिले निगरानीमा राखिएको छ र काठमाडौं ल्याउने तयारी भइरहेको छ।
यसअघि भूसालले सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएका कारण प्रहरीले उनलाई निगरानीमा राखेको थियो र त्यसपछि पक्राउ गरिएको हो।
१९ कार्तिक २०८२, मङ्गलबार ०२:२३ मा प्रकाशित