अन्तरिम सरकारमा तीन नवनियुक्त मन्त्रीले शपथ ग्रहण

nepaltext.com

काठमाडौं । अन्तरिम सरकारका लागि नियुक्त तीन नयाँ मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरूमा पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन्।

जिम्मेवारी वितरणअनुसार,

  • कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

  • ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

  • रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहणसँगै अन्तरिम सरकारलाई गतिशील बनाउन तीनै मन्त्रीले तत्काल काम थाल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया