नेपाल सरकारका मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

nepaltext.com

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। ५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसअघि आजको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई नियुक्त गरेको हो।

एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए।

प्रतिक्रिया