जेनजी आन्दोलनमा आफू ‘भागेको’ आरोपप्रति ओलीको आपत्ति

nepaltext.com

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफू भागेको भनी गरिएका विभिन्न टिप्पणीप्रति आपत्ति जनाएका छन्। बिहीबार राजधानीमा सम्पादकहरूसँगको संवादका क्रममा उनले आफ्नै शैलीमा प्रश्न गर्दे भने, ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’ उनका अनुसार आन्दोलनकै बीचमा उनी राजधानीकै वरपर रहेका कसैको घरमा बसेका थिए र डेरा पाउनेबित्तिकै गुन्डुमा सरेका थिए।

ओलीले भनेका छन्, ‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ भन्दै उनले आफू २ गते गुन्डु पुगेको र त्यहीँबाट सहजै बाहिर निस्किन सकेको बताए। उनका अनुसार त्यो दिन एयरपोर्ट बन्द रहेको भन्दै, ‘त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे,’ भनेर उनले टिप्पणी गरे। उनले विमानस्थलमा गएर टिकट हेरेको पनि उल्लेख गरे।

ओलीका शब्दमा, ‘आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज त पारिदिन भएन नि,’ भन्दै उनले आफू भागेर हैन, परिस्थितिअनुसार बसाइ सारेर बसेको स्पष्ट पारे। साथै उनले पुनः प्रश्न दोहोर्‍याउँदै भने, ‘नभाग्या भए के गर्थे त सुशीला जी वा अरुले ? के गर्नुहुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ भन्दै आन्दोलनकालीन आरोपप्रति प्रतिक्रिया जनाए।

प्रतिक्रिया