काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा प्रणाली स्थापना नगरेसम्म सामाजिक न्याय हासिल हुन नसक्ने स्पष्ट गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रूपमा लागू गर्नु अत्यावश्यक रहेको धारणा राखेकी छिन्। सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार आयोजित समारोहमा बोल्दै उनले सामाजिक सुरक्षालाई अन्तरपुस्ता लागत, सन्तुलन र समतामूलक बनाउने मार्गका रूपमा हेर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ । हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिन्छ । यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई सहयोग गर्ने सामाजिक ऐक्यवद्धताको सिद्धान्तमा आधारित उत्पादनमुलक समाजको निर्माण हुने रहेछ ।’
कार्यक्रममा प्रधानमन्त्री कार्कीले आफू जुनसुकै पद वा भूमिकामा रहे पनि सामाजिक सुरक्षालाई दिगो बनाउने प्रतिबद्धता निरन्तर रहने बताउँदै राज्यले कोषको रकमलाई न्यायोचित प्रतिफलसहित आन्तरिक पुँजीका रूपमा परिचालन गर्न सक्ने स्पष्ट दिशानिर्देश आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार, ‘कोषको रकमलाई न्यायोचित प्रतिफलसहित सहित राज्यले आन्तरिक पुँजीको रुपमा परिचालन गर्ने विषयलाई कसरी प्रष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि राज्यप्रति नागरिकको अपतनत्व सृजनागरि सम्बोधनको लागि वातावरण निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । म जुनसुकै भूमिकामा भएपनि यहाँहरुको सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्न चाहन्छु,’ उनले भनिन्।