सुनको मूल्यमा ५ हजार ९ सयले उछाल, चाँदी पनि महँगियो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । आज सुन प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ५० हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारसम्म सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १७० रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया