आज भारतिय प्रधानमन्त्री मोदी सँग फोन वार्ता गर्ने तयारीमा प्रधानमन्त्री सुशिला कार्की

nepaltext.com

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्यालयका अनुसार कार्कीले बिहीबार बिहान ११ः३० बजे मोदीसँग दुई देशबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

यससँगै प्रधानमन्त्री कार्कीको दिउँसो १ बजे चीनका राजदूतसँग शिष्टाचार भेट हुने भएको छ । त्यसपछि दिउँसो २ः३० बजे फेरि अर्को औपचारिक भेटवार्ता तय गरिएको छ ।

प्रधानमन्त्री कार्कीको आजको दिन कूटनीतिक संवाद र सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहने देखिएको छ ।

प्रतिक्रिया