गर्मी अत्यधिक बढेपछि कोहलपुरका विद्यालय तीन दिन बिदा

nepaltext

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरूमा सोमबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिइएको छ । बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ ।

जेठ २५ देखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगन गरिएको छ ।

प्रतिक्रिया